काठमाडौँ – यस वर्षको क्यान इन्फोटेक माघ २३ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।


ADVERTISEMENT


आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर क्यान इन्फोटेक २०२४ माघ २३ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


पत्रकार सम्मेलनमा महासंघका महासचिव चिरञ्जीवी अधिकारीले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । मेलामा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधिको प्रदर्शनीका साथै आवश्यक जानकारी समेत दिइने उनले बताए । मेला अवलोकनाका लागि सर्वसाधारणका लागि रु.१०० र विद्यार्थीका लागि रू.५० रुपैयाँ शुल्क तोकिएको उनले जानकारी दिए ।

क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा एस पावर बीपीई प्रालि रहेको छ भने प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेशन फाउण्डेशन रहेको आयोजकले जनाएको छ ।