काठमाडौँ – जिल्ला अदालत काठमाडौँले बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यावसायी, सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी र कारखानाका तत्कालीन कार्यकारी प्रमुख नारायणसिंह थापालाई ४–४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।


ADVERTISEMENT


जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासलेले सिजी होल्डिङ्सका अध्यक्ष चौधरीका साथै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुमति दिएको हो । बहीबार पक्राउ परेका उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी वलिकको कार्यालय हुँदै अदालत पेश गरेको थियो ।


ADVERTISEMENT

# # #


बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले चौधरीलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको थियो । चौधरीसँगै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा थापालाई बत्तीसपुतलीस्थित निवासबाटै पक्राउ गरिएको थियो ।