विराटनगर – मोरङ जिल्ला स्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब विराटनगर र वेलबारी विजयी भएको छ ।


ADVERTISEMENT


पहिलो खेलमा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई २ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ११ रन बनाएको थियो । जस्मा अभय कुर्मीले २४ रन बनाउँदा पृथ्वी सुब्बाले १८ रन बनाए । कटहरीका नितेश सहनी र राहुल मण्डलले २–२ विकेट लिए ।


ADVERTISEMENT

# # #


१ सय १२ रनको विजयी लक्ष पछ्याएको कटहरीले निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय ९ रन बनायो । जस्मा म्यान अफ द म्याच सुनिल यादवले अविजित ५२ रनको योगदान दिए । मिल्सका आयुस श्रेष्ठ र रुपेश केतवालले २–२ विकेट लिए ।

दोस्रो खेलमा वेलबारी क्रिकेट क्बलले मेरिल्याण्ड क्रिकेट क्लव विराटनगरलाई ७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको वेलबारीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १३ रन बनाएको थियो । जस्मा शंकर तामाङले २५ रन बनाउँदा प्रवि खडकाले १८ रन बनाए । विराटनगरका विवेक झाले ३ विकेट लिँदा शशिशेखर झले पनि ३ विकेट लिए ।

१ सय १४ रनको विजयी लक्ष पछ्याएको विराटनगरले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय रन बनायो । जस्मा कृष्ण देवले सर्वाधिक २९ रनको योगदान दिए । वेलबारीका म्यान अफ द म्याच रविन खडका र निश्चल बुढाथोकीले २–२ विकेट लिए ।