इटहरी – धरानवासीले अब घरपालुवा कुकुरको पनि दर्ता गर्नु पर्ने भएको छ ।


ADVERTISEMENT


नगरकार्यपालिकाले घरेलु कुकुरको दर्ता गर्ने र भुस्याहा कुकुरको बन्ध्याकरण गर्ने निर्णय गरेको हो । उपमहानगरको समाजिक विकास शाखाका प्रमुख गणेश खतिवडाका अनुसार अब धरानका हरेक घरपालुवा कुकुर दर्ता गरिनेछ ।


ADVERTISEMENT

# # #


२ हजार शुल्कमा दर्ता गरेपछि कुकुरले परिचय नम्बर पाउनेछ । साथै कुकुुरको घाँटीमा बेल्ट र छालामा कतै चिप्समा जिपिएस जडान गरिने खतिवडाले बताए ।

दर्ता भएका कुकुरहरुलाई विभिन्न रोगका खोप पनि उपमहानगरले नै लगाइदिनेछ । धरानका घरपालुवा कुकुरको लगत राख्न, स्वास्थ्य सुधारका कार्यक्रम ल्याउन र कुन कुकुर कसको हो भन्ने प्रस्ट गर्न यो कार्यक्रम ल्याइएको उपमहानगरले बताएको छ ।

उपमहानगरको समाजिक विकास शाखाका प्रमुख खतिवडाले भने, ‘अहिले चिप्स आइसकेको छैन । फागुनसम्ममा चिप्स ल्याएर यो काम सूचारु हुन्छ ।’

भुस्याहा कुकुरहरुको भने फागुनबाटै बन्ध्याकरण गरिनेछ । यस्ता कुकुरलाई ‘सामुदायिक’ कुकुर भनिएको छ र पोखराको हार्ट नेपाल मिलेर बन्ध्याकरण गर्न लागिएको हो ।

धरानमा करिव १० हजार घरपालुवा र ५ हजार ‘सामुदायिक’ कुकुर रहेको उपमहागरको अनुमान छ ।