काठमाडौँ– एनआई सी एशिया बैँक लिमिटेडले चालु आ.व. २०७४/७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानी अघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको छ ।


ADVERTISEMENT


बैँकले गतवर्षको सोहीअवधिको रु.०.८९ अर्ब मुनाफाको तुलनामा चालु वर्ष रु.१.१२ अर्ब सञ्चालन मुनाफा आर्जन गरेको छ । सञ्चालन मुनाफाले उक्त संस्थाले आफ्नो मुख्य सञ्चालन कारोवारमार्फत आर्जन गरेको मुनाफा तथा उक्त मुनाफाको स्वस्थ वृद्धिले संस्थाको दीर्घकालीनात्मक सञ्चालनको प्रत्याभूति प्रतिबिम्बित गर्दछ ।


ADVERTISEMENT

# # #


साधारणतया, कर्जा नोक्सानीव्यवस्थामाहुने घटबढ तथाउक्त व्यवस्थाबाट फिर्ताले बैँकको खुदमुनाफामा उल्लेख्य प्रभावपार्ने गर्दछ । गतवर्षको सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट उल्लेख्य फिर्ता रु.३२.८३ करोड भएको हुनाले रु.७२.१४ करोड खुद मुनाफा भएकोमा चालु आ.व. को दोस्रो त्रैमासिकमा बैँकले रु.५७.१७ करोड खुद मुनाफा आर्जन गर्ने सफल भएको छ ।

चालु आ.व. मा बैँकको सञ्चालन मुनाफामा भएको स्वस्थ वृद्धि तथाकर्जामा उल्लेख्य वृद्धिका कारणले असलकर्जाको कर्जा नोक्सानी व्यवस्थामा रु ३६ करोडको वृद्धिका वावजुदपनि बैँकले दोस्रो त्रैमासिकमा आर्जन गरेको खुदमुनाफा उत्साहजनक रहेको छ । बैँकको रु १४० अर्ब बराबरको वासलात आकार तथा खुद व्याजदर अन्तर (एनआइएम) मा निरन्तर सुधारका कारण बैँकले आगामी त्रैमासिकहरुमा मुनाफामा उत्साहजनक वृद्धि हासिल गर्ने अपेक्षा गरेको छ ।

वार्षिक विन्दुका आधारमा बैँकले आफ्नो कर्जामा रु ३५ अर्बबाट रु १०२.२० अर्ब तथा निक्षेपतर्फ रु ४१.४० अर्ब बाट रु १२०.४६ अर्बको वृद्धि हासिल गरेको छ, जुन नेपाली बैँकिङ्ग ईतिहासमाकुनै पनि बैँकले वार्षिक विन्दुका आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि हो ।

बैँकको चुस्तकर्जा असुली प्रणाली तथा अभ्यासका कारण गतवर्ष ०.७२ प्रतिशत रहेको खराबकर्जामा उल्लेख्य सुधार आई यस वर्ष ०.२६ प्रतिशतकायम राख्न सफल भएको छ । साथै, बैँककोे पूँजी पर्याप्तता अनुपात १३.५९ प्रतिशत रहेको छ । पूँजी पर्याप्तता अनुपात बढी हुनाले निक्षेपकर्ताको निक्षेप सुरक्षित छ भन्ने सकारात्मक सन्देश जानुका साथै आर्थिक रुपमा आउन सक्ने अकल्पनीय तथा अनुपक्षेपित समस्यातथा परिस्थितिहरु सामनागर्न समेत बैँक सबल रहेको मान्न सकिन्छ तथा बैँक थपव्यवसाय वृद्धि गर्न सक्ने क्षमतालाई दर्शाउँछ । बैँकको कर्जा तथा निक्षेप अनुपात ७८.१९ प्रतिशत रहेको छ, जुननियमनकारी निकाय नेपाल राष्ट्र बैँकले तोकेको ८० प्रतिशत सीमाभित्र रहेको छ ।

बैँकले देशभर आफ्नो विस्तारित शाखा सञ्जाल, १५९ शाखातथा १४७ एटीएम मार्फत आफ्ना ग्राहकहरु सेवा तथा सुविधा प्रदानगर्दै आएको छ । साथै, बैँक आफ्नो दीर्घकालीन रणनीति अनुरुप थप शाखा सञ्जाल तथा सेवा केन्द्रहरु विस्तार गरी भौगोलिक उपस्थितिका हिसाबले देशकै अग्रणी बैँक बन्ने लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयासरत रहेको छ ।