काठमाडौँ – शाओमीले नेपाली बजार रेड्मी–१३ सी सार्वजनिक गरेको छ । रेड्मी १२ सीको सफलतापछि शाओमीले ‘मेडियाटेक हेलिओ जी–८५ प्रोसेसर’सहितको ‘रेड्मी १३ सी’ नेपाली बजारमा भित्र्याएको हो ।


ADVERTISEMENT


नेपाली बजारमा उक्त फोन सार्वजनिक भएपछि नेपालका लागि शाओमीका कन्ट्री जनरल म्यानेजर मनस्वीले ‘रेड्मी १३ सी’को डिजाइन र त्यसमा उपलब्ध अत्याधुनिक प्रविधिका कारण मार्टफोनको बजारमा नयाँ लोकप्रियता हासिल गर्ने बताए । उनले भने, “इनोभेसन, स्टाइल र पर्फमेन्सको उत्कृस्ट मिश्रण प्रदान गर्ने लक्ष्यलाई हामीले रेड्मी १३ सी मा पनि कायम राखेका छौँ ।”


ADVERTISEMENT

# # #


प्रोसेसिङ पावर र स्टोरेज कन्फिगरेसनः

शाओमीका अनुसार रेड्मी १३ सी ‘१२ एनएमको प्रोसेस’ र ‘मेडियाटेक हेलिओ जी–८५ प्रोसेसर’द्वारा सञ्चालित छ । रेड्मी–१३ सी ६ जिबी र १२८ जिबी र रेड्मी सी ८ जिबी र २५६ जिबी ‘भेरिएन्ट’हरुमा उपलब्ध रहेको छ ।

डिजाइन र डाइमेन्सन

रेड्मी १३ सीको लम्बाई १६८ एमएम, चौडाई ७८ एमएम रहेको छ । फोनको मोटाई ८.०९ एनएम तथा तौल १९२ ग्राम रहेको कम्पनीले जनाएको छ ।

रेड्मी–१३ सी १६००x७२० को ‘रिजोल्युसन’को साथ ६.७४ इन्चको डट ड्रप डिस्प्लेमा उपलब्ध छ जसले ४५० निट्स (टाइप) र ६०० निट्स एचबीएमको ब्राइटनेस प्रदान गर्दछ । यसको डिस्प्लेले ९० हर्ट्जसम्मको रिफ्रेस रेट प्रदान गर्दछ ।

क्यामेरा र ब्याट्री 

रेड्मी १३ सी मा ५० मेगापिक्सेलको एआई ट्रीपल क्यामरा रहेको छ । यसैगरी फोनमा ‘नाइट मोड’, पोट्र्रेट मोड, ५० मेगापिक्सेल मोड र टाइम–ल्याप्सहरु जस्तै क्यामरा विशेषताहरु पनि उपलब्ध छ । यसको रियर क्यामराले १०८० पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपिएसको भिडियो रेकर्डिङ सपोट गर्ने कम्पनीको दाबी छ । साथै यसको ८ मेगापिक्सेलको ‘फ्रन्ट क्यामेरा’ले पनि १०८० पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपिएसमा भिडियो रेकर्डिङ गर्दछ ।

रेड्मी १३ सी को ५ हजार एमएचको ब्याट्रीले १८ वाटको पिडी चार्जिङ र युएसबी टाइप सी सर्पोट गर्दछ । यो स्मार्टफोन १० वाटको एडाप्टरसहित आउँछ ।

सेकुरिटी फिचर र कनेक्टीभिटी:

रेड्मी १३ सी मा प्रयोगकर्ताको सुरक्षाका लागि साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक फिचर रहेको छ । साथमा यो स्र्माटफोनमा एनएफसी कम्प्याटिबिलिटी, डुअल सिम र माइक्रोएसडी सर्पोट तथा ४ जी, ३ जी र २ जी नेटवर्क उपलब्ध छ ।

यस्तो छ मूल्य

त्यस्तै ६+१२८ जिबी र ८+२५६ जिबी भेरियन्टको मूल्य १५ हजार ९९९ रुपैयाँ र १८ हजार ९९९ रुपैयाँ रहेको छ । कम्पनीका अनुसार स्टोरेज भेरियन्टमा मिडनाइट ब्ल्याक, नेभी ब्लू र क्लोभर ग्रीन गरी तीन रंगहरूमा उपलब्ध हुनेछ ।

रेड्मी १३ सी माघ ३ बाट नेपालभरका सबै आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध रहेको कम्पनीको भनाई छ ।