काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ वीरगञ्जमा भारतले मिचेको सीमाको अवलोकनका मिचिएको सीमामा पुगेको छ ।


ADVERTISEMENT


सीमा अवलोकनका लागि उच्च स्तरीय प्रतिनिधिमण्डलसहित नेविसंघ पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १ स्थित छपकैयामा पुगेको हो । अवलोकनपछि समस्या समाधानका लागि नेपाल सरकारलाई दबाब दिने र भारत सरकारलाई राजदूतावासमार्फत ज्ञापन पत्र बुझाउने तयारी नेविसंघले गरेको छ ।


ADVERTISEMENT

# # #


नेविसंघले यस अघि पनि नेपाली सीमाको रक्षा गर्नभन्दै काठमाडौँमा र्याली निकालेको थियो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १ को छपकैयामा पर्ने जंगे पिलर ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९ ,१० , २७ र २८ नम्बरको सहायक पिलर नेपाल तर्फ परेपछि बर्षौदेखि भोग चलन गर्दै आएको करिब ५० बिघा नेपाली भूमी भारततर्फ पर्न गएको स्थानीयवासीले दाबी गर्दै आएका छन् ।

सीमामा हराएका र जीर्ण भएका सीमा स्तम्भ (पिलर) मर्मत र निर्माणका क्रममा ५० विगाहा जमिन भारतले आफ्नोतर्फ लिएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।