काठमाडौं– नेपाली सेनाका सेनानी (मेजर) प्रभव विक्रम शाहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।


ADVERTISEMENT


बालिकालाई यौन दुराचार गरेको आरोपमा पक्राउ परेका शाहलाई जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षका लागि केन्द्रिय कारागार जगन्नाथदेवल पठाइएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बुद्धनगर स्थित आफन्तको घरमा १४ बर्षिय बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको आरोमा महानगरीय प्रहरी वृत बानेश्वरले नियन्त्रणमा लिएर उनलाई मुद्दा चलाएको थियो ।

जबर्जस्ती करणी मुद्धाको थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत काठमाडौंले शाहलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।

गएको पुस १४ गते आफन्तको घरमा गएका बेला बालिकालाई शौचालयमा आफ्नो यौन अंग चलाउन लगाएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

नम्बर २३ बाहिनी बाग्लुङमा कार्यरत शाहलाई नेपाली सेनाले सैनिक हिरासमा राखेर समेत अनुसन्धान गरेको थियो । सैनिक हिरासमा केही दिनको अनुसन्धान पछि नेपाली सेनाले उनलाई पुनः बानेश्वर प्रहरी समक्ष बुझाएको थियो ।