काठमाडौँ–चौथो संस्करणको क्यान इन्फोटेक आजदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सुरू भएको छ। बिहिबार एक कार्यक्रम बीच सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले मेलाको उद्घाटन गरेका छन्।


ADVERTISEMENT


सूचना र प्रविधिका क्षेत्रमा भएका नयाँ प्रयोगबारे जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको क्यान महासंघका उपाध्यक्ष नवराज कुँवरले जानकारी दिए। ६ दिनसम्म चल्ने मेलामा अवलोकनकर्ताले आफूलाई आवश्यक परेको सूचना प्रविधिसम्बन्धी सामग्री छुटसहित खरिद गर्नसक्ने व्यवस्था गरिएको छ।


ADVERTISEMENT

# # #


यसपटकको प्रदर्शनीमा ब्रोडब्यान्ड इन्टरनेट र कम्युनिकेसन टेक्नोलोजीलाई जोड दिने आयोजकले जनाएको छ। जसअन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट सेवामा विशेष सहुलियतसहित द्रूत गतिको इन्टरनेट प्रमुख आकर्षण बन्नेछ।

साथै टेलिफोन तथा मोबाइल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आएका छन्। बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामग्रीहरूमा पनि विशेष सहुलियतका साथ यस प्रदर्शनीमा राखेका छन्। नयाँ प्रविधिमा आधारित मोबाइल फोन, टयाबलेट तथा अन्य उपकरणहरु प्रदर्शनीमा उपलब्ध छन्। हाइ स्पिडको इन्टरनेटको अपत्यारिला अफरहरु अवलोकनर्ताहरुले पाउनेछन्।

यसैगरी स्मार्टफोन, राउटर, सिसिटिभीका फरक र आकर्षक मोडलहरुले अवलोकनर्तालाई लोभ्याउने छ। सरकारले परिकल्पना गरेको स्मार्ट सिटीको आधारभूत पूर्वाधारसम्बन्धी जानकारी यस प्रदर्शनीमा रहेको छ।

प्रदर्शनीमा हलभित्र ४९ ओटा ठूला र हल बाहिर ५ ओटा ब्रान्डिङ प्रदर्शनी कक्ष छन्। ‘ट्रसमा १४४, ओपन स्पेस १४ र फुड स्टल १० गरी जम्मा २ सय २२ स्टल छन्।

हलभित्रका स्टलहरुमा कम्पनीले ब्रान्डिङमा फोकस गर्नेछन् भने बाहिरका स्टलहरुमा छुट र अफरहरुसहित समान खरिद गर्नसमेत सकिनेछ।

अनलाइन टिकटमा छुट

मेलाको अवलोकनका लागि सर्वसाधारणलाई १ सय र विद्यार्थीलाई ५० रुपैयाँ टिकट तोकिएको छ।

अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

यस्तैं अनलाइनबाट टिकट खरिद गरेमा २० प्रतिशत छुटसमेत प्रदान गरिने आयोजकले जनाएको छ। ई(सेवामार्फत टिकट खरिद गर्नको लागि क्यान वा ई सेवाको अफिसियल वेबसाइट भिजिट गर्न सकिनेछ ।

१४ गते बिजनेस डे

क्यान इन्फोटेक २०१८ मा एक दिन बिजनेस डे मनाउने चलन छ । यस वर्ष पनि कार्यक्रमको चौथो दिन अर्थात् माघ १४ गते आइतबारको दिनलाई बिजनेस डेका रुपमा घोषणा गरिएको छ ।

उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकनकर्ताका लागि १ सय रुपैयाँ तोकिएको छ ।

उक्त दिन विषेशगरी बिजनेस हाउसेसहरूले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रूपमा बिजनेस डिल गर्न सक्नेछन्।