काठमाडौँ– बैशाख ३१ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता परिचयपत्र आजबाट छाप्न सुरु गरेको छ ।


ADVERTISEMENT


निर्वाचन आयोगले स्विकृत गरेको १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताको नामावली अनुसार मतदाता परिचय पत्रको छपाई कार्य सूरु भएको हो ।  परिचय पत्र छाप्ने जिम्मेवारी पाएको नेपालकै निजी कप्पनी ओमनी समुहले आवश्यक उपकरण आयोग परिसरमा जडान गरेर काम सुरु भएको हो । निर्वाचन आयोगको कार्यालयमा सुरु परिचय पत्र छपाईका लागि सरकारले आवश्यक सुरक्षा ब्यवस्था मिलाएको छ ।


ADVERTISEMENT

# # #


करिब २० दिन भित्र परिचय पत्र छाप्ने तयारी गरेको आयोगले मतदाता नामावली र परिचयपत्र छपाई बैशाख १० गते भित्र सबै जिल्लामा पुर्‍याईसक्ने लक्ष्य राखेको छ । स्थानीय तह निर्वाचनका लागि आयोगले स्वीकृत गरेको मतदाता नावामाली अनुसार मतदाता संख्या पछिल्लो दोस्रो संविधान सभा निर्वाचन भन्दा १९ लाखले बढी छ ।

तराईका ६ जिल्लाको मतदान केन्द्र टुङ्गो लागाउन बाँकी रहेकाले ती बाहेकाका ६९ जिल्लाको मतदाता नामावली मतदान केन्द्र अनुसार छापिनेछ । फागुन ९ सम्म नाम दर्ता भएका मतदाताको पुर्नसंरचनापछिको नयाँ ठेगाना र मतदान गर्ने केन्द्र राखेर परिचयपत्र छापिने आयोगले जनाएको छ ।