काठमाडौँ– उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मुग्लिन नारायणगढ सडकखण्डअन्तर्गत घुमाउनेमा भएको दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन दिएका छन्।


ADVERTISEMENT


सो स्थानमा आज बिहान घुमाउने पहाडको ढिस्को एक्कासि खस्दा दुईजनाको घटनास्थमै मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । साथै एउटा ट्याङ्कर, ट्रक, मिनी ट्रक र कारसमेत पुरिएको थियो ।


ADVERTISEMENT

# # #


उपप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालद्वारा आज जारी विज्ञप्तिमा सो घटनालगत्तै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी घटनास्थलमा पुगिसकेका जनाइएको छ ।

घाइतेको उद्धारका लागि गृहमन्त्रालयले नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको र बाटोमा जम्मा भएका माटो, ढुङ्गा पन्छाउनका लागि तनहुँबाट जेविसी लोडर पठाइसकिएको पनि विज्ञप्तिमा उल्लेख छ ।