काठमाडौं– नेकपा एमालेले गायिका कोमल वलीलार्इ राष्ट्रियसभामा पठाउने भएको छ ।


ADVERTISEMENT


पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी समितिको बैठकले राष्ट्रियसभाका लागि प्रदेश नम्बर ५, ६ र का उम्मेदवारको टुंगो लगाएको हो ।


ADVERTISEMENT

# # #


गायिका वलीलार्इ प्रदेश ५ को महिला सदस्यमा उम्मेदवार बनाउने निर्णय भएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

वली चुनावको केही अघि एमाले प्रवेश गरेकी थिइन् । राप्रपाबाट एमाले प्रवेश गरेकी उनले प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि वागी उम्मेदवारी समेत दिएकी थिइन् । तर, एमाले नेतृत्वले फिर्ता गराएका थिए ।

१, २, ३ र ४ नम्बर प्रदेशका उम्मेदवारहरू भने छनोट हुन बाँकी छ । वाम गठबन्धनले ४३ सिटको भागवण्डा गरेको छ, जसमा २९ एमालेको भागमा परेको छ । बाँकी उम्मेदवार भोलि चयन हुने एमालेले बताएको छ ।