काठमाडौँ– मुग्लिन–नारायणगढ सडक खण्डको घुमौनेमा पहाडको ढिस्को खस्दा केही सवारी साधन पुरिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


पहिरोमा परेर गम्भीर घाईते भएका दुई जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, पहिरोमा परी पाँच वटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पुरिएको अनुमान छ ।


ADVERTISEMENT

# # #


बिहान १०ः४० बजेको समयमा सुख्खा पहिरो जाँदा सडकमा गुडिरहेका सवारी साधनलाई पुरेको थियो । । उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको छ ।

ढिस्को सडक निर्माण गर्ने क्रममा खसेको बताइएको छ । घटनालगत्तै प्रहरी टोली दुर्घटना स्थलमा उद्दारका लागि पुगेको छ । ढिस्को खसेपछि आधा घन्टादेखि मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध छ ।

केही समयदेखि सडक मुग्लिन–नारायणगढ सडक खण्ड निर्माण भइरहेको छ । सडक चौडा पार्न केही समयदेखि निर्माण तीव्र पारिए पनि सकिएको छैन । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको टोलि पहिरो गएको स्थनतिर गइरहेको बताइएको छ ।