काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चितुवा पसेको छ । चितुवा विमानस्थलमै हराएपछि आधा घण्टा उडान र अवतरण अवरुद्ध भएको थियो। तर अझैँ चितुवा भेटाउन सकिएको छैन । बिहान करिव ८ बजे वुद्ध एयरका पाइलटले धावनमार्ग नजिकै चितुवा देखेपछि एटिसीलाई खवर गरेका थिए।


ADVERTISEMENT


“करिव अधा घण्टा विमानस्थल क्लोज गरेर चितुवाको खोजी गरे पनि भेटिएको छैन। विहान वुद्ध एयरका पाइलटले चितुवा जस्तो देखियो भनेर खवर गरे” विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, “चितुवा हो भन्ने नै कन्फर्म भएको छैन। बन कार्यालयबाट अधिकारीहरु बोलाएका छौं। उनका अनुसार अहिले विमानस्थल सुचारु भएको छ।”


ADVERTISEMENT

# # #


ठाकुरका ट्याक्सी वे नजिक रहेको ड्रेनमा चितुवा लुकेको छ। चितुवा लुकेको अनुमान गरिएको स्थानमा प्रहरी र सिकारी परिचालन गरिएको छ।

विमानस्थलको चार नम्बर गेटबाट चितुवा छिरेको प्रहरीको अनुमान छ । पटक-पटक विमानस्थलमा जंगली जनावर छिर्ने गरेका छन्। चराले पनि विमानस्थलमा अवरोध गर्ने गरेको छ ।।