काठमाडौँ – नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रिया सर्वस्वीकार्य ढंगले निष्कर्षमा पुराउन सुझाव दिएका छन् ।


ADVERTISEMENT


आइतबार संसद भवनमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवासंग भएको भेटवार्ताका क्रममा महासचिव गुटेरेसले पिडितको अधिकार, अन्तराष्ट्रिय मूल्यमान्यता अनुसार शान्ति प्रक्रिया सर्वस्वीकार्य ढंगले निष्कर्षमा पुराउन सुझाव दिएका हुन् । एमाले अध्यक्ष ओलीसंगको भेटवार्तामा शान्ति प्रक्रिया लगाएत जलवायु परिवर्तनका विषयमा छलफल भएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेपालले जलवायु परिवर्तनको पीडालाई नजिकबाट हेरेर आवश्यक मुद्दा बनाउन खोजेको र नेपाल अल्पविकसित मुलुकबाट माथि उठ्नका लागि आफ्नो साथ रहेको गुटेरेसले बताएको ज्ञवालीले बताए । छलफलमा एमाले अध्यक्ष ओलीले संक्रमणकालीन न्यायलाई अन्याय बनाउन नहुने र छिटो टुङ्गाउन चाहेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले हिंसालाई बढावा दिदा शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन कठिन देखिएको आलीको धारणा रहेको ज्ञवालीको भनाइ छ ।

त्यस्तै आइतबार नै संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसंग पनि भेटवार्ता गरेका थिए । सो क्रममा सभामुख घिमिरेले संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक चाँडै पारित हुने बताएका थिए । भ्रमणका क्रममा गुटेरेस सोमबार नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने कार्यक्रम छ भने कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते फर्किनेछन् ।