काठमाडौं – टाटा मोटर्सका लागि नेपालको एक मात्र आधिकारीक बिक्रेता सिप्रदीलाई इन्टर न्यासनल ट्रेलब्रेजर अवार्ड प्राप्त गरेको छ ।


ADVERTISEMENT


टाटा मोटर्सले बार्सिलोनामा आयोजना गरेको ‘डिलर बिजनेस प्लानिङ्ग मिट २०२३’ मा सिप्रदी ट्रेडिङ्गलाई ‘इन्टरनेशनल ट्रेलब्रेजर अफ द इयर’ बाट सम्मानित भएको हो ।


ADVERTISEMENT

# # #


विश्वका ५२ वटा देशका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त सम्मेलनमा, सिप्रदीको गत वर्ष नेपालमा नम्बर १ ब्रान्डको सफलतालाई सम्मान गर्दै अवार्ड प्रदान गरिएको हो । सिप्रदीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा प्रमुख अप्रेशन अफिसर राजेश प्रसाद गिरीले ऊक्त कार्यक्रममा सम्मान ग्रहण गरे ।

पछिल्लो समय टाटा मोटर्स नेपालले ईभी तथा आइसीइ दुवै क्षेत्रमा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको छ । साथै नेपालमा दीर्घकालिन रुपमा विद्युतीय सवारी साधनको बजार स्थापना गर्न अग्रणिय भूमिका खेल्दै आएको छ ।

त्यसको फलस्वरूप अहिले टाटाका विद्युतीय गाडीहरु ग्राहकको पहिलो रोजाईमा परेकोसिप्रदीले जनाएको छ । सोही कार्यको मुल्याङ्कन गर्दै सिप्रदीले बार्सिलोनामा उक्त सम्मान प्राप्त गरेको हो । हाल टाटा मोटर्स नेपालमा विद्युतीय कार बिक्रिमा एक नम्बर कम्पनी हो ।

कम्पनीको नेक्सन ईभी, टिगोर ईभी र हालै नाडा अटोसोमा सार्वजनिक भएको टियागो ईभी बिक्रि बितरण भइरहेक छन् । त्यस्तै आईस सेगमेन्टमा सफारी, एच फाइब, नेक्सन, पन्च, टिगोर, टियागो लगायतका गाडीहरु विक्रि वितरण भइरहेका छन् ।