काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट २०२३ अन्तर्गत आज भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई जितको लागि दुई सय ८७ रनको लक्ष्य दिएको छ ।


ADVERTISEMENT


भारतको हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८६ रनको योगफल बनायो । पाकिस्तानका विकेट किपर मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रनको योगदान दिए । रिजवानले ७५ बलमा ८ चौका प्रहार गर्दै ६८ रन बनाएका हुन् । त्यस्तै सकिलले ५२ बलमा ९ चौका र १ छक्काको मद्दतमा ६८ रन जोडे ।


ADVERTISEMENT

# # #


त्यस्तै मोहम्मद नवाज ३९ रन जोडे । शादब खानले ३२, हरिस रौफले १६, इमाम उल हकले १५, शाहिन शाह अफ्रिदीले १३ रन बनाए । त्यस्तै कप्तान बाबर आजमले ५ रन जोडे ।

बलिङतर्फ नेदरल्यान्ड्सका बास डि लिडले ४ विकेट लिए भने कोलिन एकरम्यानले २ विकेट लिए । त्यस्तै अर्यान दत्त, लोगन भान बिक र पाउल भान मार्केनले समान एक एक विकेट लिए । नेदरल्यान्डस अहिले जवाफी व्याटिङमा उत्रेको छ ।