राहुल गुप्ता, बारा – जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न ठाउँहरुमा छापामारी गरी भारी मात्रामा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट गरेको जनाएको छ।


ADVERTISEMENT


बिहीबार बारा प्रहरीको टोलीले बाराको करैयामाई गाउँपालिका–३ गालोपट्टीको १ ठाउँमा महागढीमाई नगरपालिका–१० र ३ गंजभवानीपुरका ९ वटा ठाउँमा छापामारी गरी मदिरा राख्ने १४ वटा ड्रम ,मदिरा तयार पार्ने ५ वटा मेशिन तथा मदिरा राख्ने डेक्ची १ वटा बरामद गरी नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


सो स्थानबाट मदिरा बनाउने कच्चा पदार्थ ५४ हजार लिटर तथा तयारी मदिरा २५ हजार लिटर बरामद गरि नष्‍ट गरिएको बारा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले बताए ।