काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी प्रकरणमा अनियमितता भएको भन्दै पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।


ADVERTISEMENT


अख्तियारले आइतबार कोषका तत्कालीन सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


ADVERTISEMENT

# # #


जलहरी राख्न १०३ किलो सुन खरिद गरिए पनि ९३ किलोको मात्र जलहरी बनाइएको र १० किलोको रिङ बनाएको भनिए पनि त्यसको प्रमाण नभेटिएको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो ।

त्यसपछि अख्तियारले जलहरी निकालेर सुनको तौल यकिन गरेपछि अनियमितता भएको ठहर गरेको हो । जस अनुसार १ किलो ४९१ ग्राम ७१८ मिलिग्राम कम भएको अख्तियारले जनाएको छ ।