काठमाडौं-सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुरलाई तोकेपछि भक्तपुरवासी पनि आन्दोलित भएका छन् । भक्तपुरवासीले बिहीवार दिउँसो विरोधका कार्यक्रम गर्ने भएका छन् ।


ADVERTISEMENT


पूर्व उद्योगमन्त्री एवं एमाले युवा नेता महेश बस्नेतले भक्तपुरलाई ३ नम्बर प्रदेशको राजधानी बनाउन दबाव दिने आन्दोलनमा सहभागी हुन स्थानीयलाई आग्रह गरेका छन् । बस्नेतका अनुसार बिहीबार दिउँसो २ बजे सानोठिमी क्याम्पस अगाडि भेला भएर प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।


ADVERTISEMENT

# # #


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भने भक्तपुरलाई ३ नम्बर प्रदेशको राजधानी बनाउन नहुने धारणा राखेका छन् ।