काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल, मट्टितेल,मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


निगमले पेट्रोलमा एक, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई दुई रूपैयाँ बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल एक लिटरलाई १०३ रूपैयाँ पर्नेछ ।


ADVERTISEMENT

# # #


डिजेल र मट्टितेलको एक लिटरको मूल्य ८१-८१ रुपैयाँ पुगेको छ । स्वचालित मुल्य प्रणाली अनुसार मुल्य समायोजन गरेको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मुल्य भने बढेको छैन ।

पेट्रोलियम पदार्थ आयातमा निगमलाई अहिले १९ करोड घाटा छ । निगमले यसअघि पुस १८ मा पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो ।