काठमाडौँ – वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इ शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित पाँच कृतिको काठमाडौँमा आज लोकार्पण गरेका छन् ।
साहित्यकार इन्दिरा प्रसाईंद्वारा लिखित ‘बघेनी’ शीर्षक कथासङ्ग्रहलगायत सुनीता कार्कीको ‘साथ रहोस् नरहोस्’, भगवती बस्नेतको ‘विश्वम्भरा’, ॐकुमारी बञ्जाराको ‘ऋतु’ र रश्मि रिमालको ‘पर्दाभित्र’ कवितासङ्ग्र आज लोकार्पण भएका हुन् ।
फाउन्डेसनद्वारा आयोजित समारोहमा समालोचक प्रा केशव सुवेदीले लोकार्पित कृतिको समीक्षात्मक मन्तव्य प्रस्तुत भएको थियो भने कविताकृतिका स्रष्टाबाट कविता वाचन भएको थियो । सो अवसरमा फाउन्डेसन भवनको प्राङ्गणमा रहेको साहित्यकार डा वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण पनि गरिएको फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।
यसैबीच साहित्यिक संस्था नइ प्रकाशनका अध्यक्ष र उपाध्यक्षलाई अबदेखि कुलपति र उपकुलपति भनिने निर्णय पनि गरिएको छ ।