काठमाडौँ — चलचित्र ‘एक भगवत् गीता’ को शीर्षक परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति जुटेको छ ।


ADVERTISEMENT


आइतबार चलचित्र विकास बोर्डमा भएको छलफलमा विश्व हिन्दु महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दु युवा सङ्घ, जगतगुरु आश्रम लगायत १३ संस्था आबद्ध हिन्दु जागरण नेपालले नयाँ नाम ‘एक भगवत् र एक गीता (सामाजिककथा) नाममा चलचित्र प्रदर्शन गर्दा आपत्ति नरहेको जनाएको छ ।


ADVERTISEMENT

# # #


यसअगाडिको नामले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी जागरण नेपालले बोर्डमा निवेदन दिएपछि जाँच पास रोकिएको थियो । सहमति जुटेसँगै जाँचपासको प्रक्रियासमेत अगाडि बढेको छ । दुई पक्ष बीचमा देखिएको विवादलाई मिलाउन बोर्डले अभिभावकीय भूमिका निर्वाह गरेको अध्यक्ष भुवन केसीले बताए ।

चलचित्र भदौ २९ देखि प्रदर्शन हुँदैछ। झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगरलगायतका कलाकारको अभिनय छ ।