काठमाडाैँ – सुन प्रकरणमा प्रहरीले पक्राउ र सोधपुछ तिब्र पारेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । तस्करीको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले आज सांकेतिक विरोध स्वरुप तीन घण्टा पेन डाउन गरेका हुन । उनीहरुले विरोध कार्यक्रमको जानकारी भन्सार विभाग र अर्थ मन्त्रालयलाई पनि दिएका छन ।


ADVERTISEMENT


उनीहरुले भोली र पर्सी कार्गो जाँचपास शाखामार्फत हुने निकासी तथा पैठारीको काम बन्द गर्ने आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन । मंगलबारसम्म माग सम्बोधन नभए यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित हुन सक्ने चेतावनी कर्मचारीको छ । त्यसपछि थप विरोध कार्यक्रम सार्वजनिक गरिने कर्मचारीहरुले बताएका छन । प्रहरीले निर्दोष कर्मचारीहरुलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिने लगायतका कार्य रोक्नुपर्ने कर्मचारीको माग छ ।


ADVERTISEMENT

# # #


कर्मचारीहरुको मनोबल गिराउने, आत्मसम्मानमा ठेस पु¥याउने, विभिन्न निकायबाट निरन्तर हस्तक्षेप गर्ने काम भएको उनीहरुको गुनासो छ ।साउन दुई गते विमानस्थलबाट ६१ किलो सुन लुकाई ल्याएको ‘ब्रेक सु’ जाँचपास भएपछि त्यसमा कर्मचारीको मिलेमतो भएको आशंकामा छानविन भैरहेको छ । सोही प्रकरणमा प्रहरीले शनिवार मात्रै तीन जना कर्मचारीलाई पक्राउ गरेको थियो ।