काठमाडौँ — सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा सोमबार बिहान हल्का वर्षा भइरहेको छ ।


ADVERTISEMENT


जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।


ADVERTISEMENT

# # #


विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाकोसमेत सम्भावना छ । सोमबार मनसुनको न्युनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । नेपालमा भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्युनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।