काठमाडौं – चुनावपछि काँग्रेसले पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टीभित्र केही नेताहरुले चुनावी समीक्षाका लागि केन्द्रीय कार्यसमिति बैठक, महासमिति बैठक र विशेष महाधिवेशन बोलाउन माग गरिरहेका बेला काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक आव्हान गरेको हो ।


ADVERTISEMENT


बैठक विहिवार विहान ११ बजे प्रधानमन्त्रीको निजि निवास बालुवाटारमा बस्नेछ । काँग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले बैठकमा तत्काल राष्ट्रियसभा निर्वाचनमा केन्द्रित हुने र त्यसपछि चुनावमा भएको पराजयको समीक्षा हुने बताएका छन् ।


ADVERTISEMENT

# # #