सुनसरी– धरानमा आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अरोपमा एक पुरुष पक्राउ परेका छन् ।


ADVERTISEMENT


धरान उपमहानगरपालिका–५ देउराली बस्ने ४१ वर्षीय धर्म लिम्बुलाई आफ्नै श्रीमती ३५ वर्षीया अरुणा लिम्बुलाई कुटपिट गरी हत्या गरेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


धर्मले कुटपिट गर्दा गम्भीर घाइते भएकी अरुणालाई लाईफगार्ड अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।