नेपाली कांग्रेसका युवा नेता गणेश बहादुर बिष्ट संग हिमालय पोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


निर्वाचन सम्पन्न भएर मत परिणाम आइसकेको छ । यसलाई तपाईले कसरी मुल्याङ्कन गरिरहनु भएको छ ?


ADVERTISEMENT

# # #


नेपाली कांग्रेस पहिलो पार्टी हुनुपर्ने तर दोस्रो स्थानमा आइपुग्यो । यसको कारण के भने नेपालका दुई ठूला वाम पार्टी एक ठाउँमा आए । प्रमुख कारण त्यो हो । अर्को भनेको हाम्रो पार्टीको आन्तरिक व्यवस्थापन अलि कमजोर भएको हो । यी कारणले कांग्रेसले हार्नु परेको हो । समानुपातिकमा एमालेकै जति आएको छ । प्रविधिक रुपमा प्रत्यक्षमा हाम्रो हार भयो । यसलाई हामीले सहज रुपमा लिएर यो पाँच वर्षको अवधिमा सगठन निर्माण गर्ने, पार्टीलाई सुदृढिकरण गर्ने र बलियो बनाउने काम गर्नुपर्छ ।

खासगरी अहिलेसम्मका विविध परिवर्तनहरुमा कांग्रेसले नेतृत्व गर्दै आयो । संविधान कार्यान्वयन भएर राजनीतिक संक्रमण कालको अन्त्य संगसंगै अब मुलुकमा विकास र समृद्धि ल्याउने भन्ने विषयमा कांग्रेसको भूमिका के हुन्छ ?

संविधानको निर्माण र कार्यान्वयन कांगेसले गर्यो । अब यसको संरक्षण गर्न पाँच वर्ष कांग्रेस लाग्छ । सरकारले गरेका गलत कामहरुलाई जनतामाझ ल्याएर एउटा जिम्मेवार प्रतिपक्षीको रुपमा काम गर्छ । अबको पाँच वर्ष मुलत: नेपाली कांग्रेस संगठन निर्माण गर्न लाग्छ । त्यसपछिको निर्वाचनमा पहिलो पार्टी बन्छौँ ।

अब यो पाँच वर्षको अवधिमा तपाईको भूमिका कुन रुपमा पाइन्छ ?

म निरन्तर रुपमा पार्टीको लागि सक्रिय छु । पार्टीले जिम्मेवारी दिएमा जुनसुकै भूमिका पनि म निर्वाह गर्छु । पार्टीले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक म निभाउने छु ।

पाँच वर्षे स्थायी सरकार निर्माण गरेर वाम गठबन्धनले हामी अब मुलुकमा विकास र समृद्धि ल्याउँछौँ भनिरहेका छन् । सम्भव हुन्छ जस्तो लाग्छ ?

अब बन्ने सरकारले विकास निर्माणका कुराहरु गर्ला भन्ने विश्वास हामीमा छैन । हाम्रो देश चलेको विदेशी सहायताले हो । कम्युनिस्टहरु सरकारले ती खालका सहायता नेपालमा ल्याउला जस्तो मलाई लाग्दैन । यो पाँच वर्ष मुलुकको आर्थिक अवस्था राम्रो हुँदैन । तर राम्रो हुनुपर्छ भन्नेतर्फ नेपाल कांग्रेस लाग्छ । कम्युनिस्टको सरकार आएपछि यो देशमा ब्रह्मलुट भएको हामीले देखेकै छौ । जनताको सेवा सुविधा भन्दापनि पार्टीको कोष कसरी बलियो बनाउने भन्नेतर्फ उनीहरुको ध्यान गएको हामीले देखेकै छौ र फेरि पनि त्यो दोहोरिन्छ । त्यस कारण यो पाँच वर्षको अवधिमा एउटा पनि नयाँ अबधारणा आउला जस्तो लाग्दैन ।

निर्वाचनको परिणामपश्चात कांग्रेसमा अब पुनर्जागरण आउनुपर्छ भन्ने खालका आवाजहरु उठिरहेका छन् । नेतृत्व तहमा युवा पुस्ता आउनुपर्छ भनिरहेका छन् । यसमा तपाईको धारणा के हो ।

जसले पुनर्जागरण भनिरहेका छन् । उनीहरुले नै निर्वाचन हारेका छन् । आफू चुनाव हार्ने अनि नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने ? पार्टीको सबै जिम्मेवारी शेरबहादुर देउवाको होइन नि ? यसको जिम्मा उहाँहरुले पनि लिनुपर्छ । मैलेपनि लिनु पर्छ । जसले नेतृत्व परिवर्तनको कुरा गरिरहनु भएको छ । उहाँहरु आफ्नो निर्वाचन क्षेत्रमा मात्र केन्द्रित हुने अनि नेतृत्वले बिगार्यो भनेर त भन्न मिलेन नि । पार्टीको केन्द्रिय नेता भइसकेपछि त आफू जितेर अरुलाई पनि जिताउनु सक्नु पर्यो नि । एक जनाको थाप्लोमा मात्र दोष थुपारेर हुँदैन ।

अन्त्यमा, आम जनता जसले कांग्रेस पछाडि पर्यो भनेर चिन्ता व्यक्त गरिरहेका छन् । उनीहरुको लागि के भन्नुहुन्छ ?

निश्चित रुपमा नेपाली कांग्रेसले एउटा नयाँ अवधारणा लिएर जनतामाझ जानुपर्छ । पूरानो नेतृत्व हट्नुपर्छ भन्ने पक्षमा म छैन । तर युवाले पनि केहि गर्ने ठाउँ पाउनुपर्छ भन्ने मेरो मान्यता हो । त्यस कारण सबैलाई समेटेर अहिलेको नेतृत्वले नै आमूल परिवर्तन गर्नुपर्छ । अहिले नेपाली कांग्रेसले ल्याएको लोकतन्त्र, संघियतालाई कमजोर पार्ने खेल हुँदैछ । त्यसमा कांग्रेस चनाखो भएर बस्नुपर्छ । त्यो नेपाली कांग्रेसको दायित्व पनि हो ।