• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




मन्त्री किराँतीद्वारा ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ

Aug 31, 2023 |

मन्त्री किराँतीद्वारा ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ

675
SHARES
ShareTweet

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘टुरिस्ट बस नेपाल’ एप्सको शुभारम्भ गरेका छन् । पर्यटक बस व्यवसायीहरूको साझा संस्था टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)ले निर्माण गरेको उक्त एप्सको शुभारम्भ गरेका हुन् ।


ADVERTISEMENT


एप्स सार्वजनिक कार्यक्रममा बोल्दै उनले पर्यटन ऐन संशोधनमा मन्त्रालय लागेको बताए । मन्त्री किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने समेत बताए । ‘पर्यटन बोर्डको बजेट नसच्चिएसम्म हतारमा पास गर्न सकिँदैन, बोर्डको बजेट कमिसनको दुनो सोझ्याउनका लागि तत्काल आउन सक्दैन’, उनले भने ।


ADVERTISEMENT

# # #


उनले भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको बताए । मन्त्री किराँतीले पर्यटन क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको भन्दै बोर्डले पर्यटनको प्रवर्द्धन गर्ने रहेको स्पष्ट पारेका थिए । पर्यटन बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गर्न नपाउने बताए । उनले भूटान, बङ्गलादेश र नेपालीहरूको धेरै श्रमको गन्तव्य भएको खाडी मुलुकहरूमा पनि जोड्ने प्रयास गर्नुपर्ने बताउँछन् ।

पर्यटन बोर्डको पैसामा आफन्त घुमाउने र महङ्गा सामानहरू ल्याएर बाँड्ने र बेच्ने सुविधा कसैलाई नभएको उनको भनाइ थियो ।

टुरिष्ट बस एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्ण आचार्यले पर्यटक बसमा ओहोरदोहोर गर्ने स्वदेशी तथा विदेशी यात्रुले सहजै अनलाइनमार्फत टिकट काट्न सकुन् भन्ने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको बताए । काठमाडौँदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुर जाने पर्यटक बसका यात्रुले मोबाइल एप्समार्फत टिकट काट्न पाउनेछन् ।

टिकट काट्नका लागि टिवानले खल्ती, आइएमई पे, प्रभु पेसँग सहकार्य गरेको छ । हाल काठमाडौँबाट दैनिक झण्डै एक सय पर्यटक बस देशका विभिन्न पर्यटकीय क्षेत्रमा ओहोरदोहोर गर्दै आइरहेका छन् ।


#
#

#









#




#


#


Share:

Rate:

Previousएशिया कप : पाकिस्तानसँग नेपाल २३८ रनले पराजित
Nextआज जनैपूर्णिमा : रक्षाबन्धन धारण गरेर मनाइँदै, यस्तो छ धार्मिक महत्व

ताजा खबर

  • रविन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ
  • खेलकुद, साहित्यक तथा पर्यटन महोत्सव-२०८२ : टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
  • औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि उपलब्ध गराउन सहजीकरण समिति गठन

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved