काठमाडौँ – एशिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल चुनौती पच्छ्याइरहेको नेपालले पाँचौँ विकेट गुमाएको छ  । पाँचौँ विकेटका रुपमा सोमपाल कामी आउट भएका हुन् । ह्यारिस रउफको बलमा विकेटकिपर मोहम्मद रिजवानबाट क्याचआउट हुनुअघि उनले ४६ बलमा ४ चौकाको मदतमा २८ रन बनाए ।


ADVERTISEMENT


यसअघि नेपालका कुशल भुर्तेल पहिलो विकेटका रुपमा ९ रनमा आउट भए । ४ बलमा उनले २ चौका प्रहार गरे । यस्तै कप्तान रोहित पौडेल गोल्डेन डकआउट भए । उनीहरुलाई शाहिन शाह अफ्रिदीले आफ्नो पहिलो ओभरको अन्तिम दुई बलमा आउट पारे ।


ADVERTISEMENT

# # #


यस्तै तेस्रो विकेटका रुपमा आशिफ शेख ५ रनमा आउट भए । आशिफलाई नसीम शाहले इफ्तिखार अहमदबाट स्लिपमा क्याच आउट गराएका हुन् । चौथो विकेटका रुपमा आरिफ शेख ३८ बलमा ५ चौकाको मदतमा २६ रन बनाएर आउट भए ।

ताजा अवस्थामा नेपालले १८.१ ओभरको समाप्तीमा ५ विकेट गुमाएर ८४ रन बनाएर खेलिरहेको छ । नेपालको इनिङ गुल्शन झा (१०) र दीपेन्द्रसिंह ऐरी (०)ले सम्हालिरहेका छन् ।