काठमाडौँ– बंगलादेश र भारतमा बनेको न्यून चापीय क्षेत्रबाट आएको जलबाष्पका कारण देशका पूर्वी र मध्य भागमा शनिबारदेखि बादल लागेको छ।


ADVERTISEMENT


जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम सोमबारसम्म जारी रहनेछ। ‘भोलिसम्म बादल लाग्छ, तर पानी पर्ने सम्भावना भने छैन, पहाडी क्षेत्रका एक दुई ठाउँमा भने हल्का वर्षा हुन सक्छ,’ मौसमविद् राजु प्रधानाङ्ग ले भने, ‘मंगलबारदेखि बादल फाट्छ। मौसम सफा हुन्छ।’


ADVERTISEMENT

# # #


नेपालमा हिउँदमा अरब सागरबाट आउने वायूको प्रभावले वर्षा हुने गर्छ। ‘अझै केही दिन पश्चिमी वायूले वर्षा हुने सम्भावना छैन, देशको पश्चिमी क्षेत्रमा मौसम सफा छ,’ प्रधानाङ्गले भने।

बादल लागेसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रको न्यूनतम तापक्रम बढेको छ भने दिउँसो घाम राम्ररी नलाग्दा उच्चतम तापक्रम घटेको छ।