काठमाडौँ– स्वयम्भूबाट शनिबार राति एक माइक्रोबस चोरी भएको छ ।


ADVERTISEMENT


स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा १ ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ । माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


ADVERTISEMENT

# # #