काठमाडौं – लामो समयदेखि हतियारको अवैध कारोबार गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ५ नम्बर प्रदेशको विषेश व्यूरोबाट खटिएको टोलीले नेपालगञ्जको खजुरा ५ स्थित उढरापुरबाट गरिव शेष भन्ने व्यक्तिलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


शेषको साथबाट प्रहरीले पेस्तोल एक थान, म्यागजिन एक थान र चार राउन्ड गोली बरामद गरेको छ। उनी हतियारको डिल गर्दै गरेको अवस्थामा ५० हजार भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


शेषले धेरै अगाडिदेखि भारतबाट अवैध हातहतियार ल्याएर विक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका शेष माओवादी केन्द्रका स्थानीय नेतासमेत हुन्। उनी स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिका वडा नं ५ साविक उढरापुर गाविसको वडाध्यक्षका उमेदवारसमेत बनेका थिए।