पर्वत– पर्वतको महाशिला गाउँपालिका वडा नं ३ बालाकोटमा रु १५ लाख ५० हजारको लागतमा व्यवस्थित खेलमैदान निर्माण भएको छ ।


ADVERTISEMENT


बालाकोटस्थित दहमा खेलमैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट गत बर्ष रु १० लाख र यो वर्ष रु पाँच लाख गरी कुल रु। १५ लाख बजेट प्राप्त भएको छ । उक्त खेलमैदान ७० मिटर चौडाइ र १५० मिटर लम्बाइमा बनेको स्थानीय खेलाडी कृष्ण गुरुङले जानकारी दिए ।


ADVERTISEMENT

# # #


व्यवस्थित खेलकुद निर्माण गर्नका लागि केही रकम अपुग भएकाले सबैलाई यसमा सहयोग गर्न खेलकुद मैदान निर्माण समितिले आग्रहसमेत गरेको छ । आर्थिक अभावका कारण प्याराफिट निर्माण गर्न समस्या भएको छ ।

खेलमैदानमा फुटबल, भलिबल, बास्केटबल, एथ्लेटिक्सका अन्य खेल सञ्चालन गर्न सहज हुने अर्का खेलाडी रुपेश गुरुङले जानकारी दिए ।

मैदानको अभावमा युवापुस्तामा खेलप्रतिको रुचि कम हुँदै गएका बेला गाउँमै व्यवस्थित खेलमैदान निर्माण भएपछि स्थानीय युवायुवती उत्साहित भएका छन् ।

गुरुङ समुदायको बाहुल्यता रहेको उक्त गाविसमा अधिकांश युवायुवती खेलप्रति रुचि राख्दै आएका छन् । सो खेलमैदानलाई जिल्लाकै नमुना बनाउने तयारी उनीहरुको छ ।