काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणका लागि उच्चस्तरीय समिति पार्टी एकता संयोजन समितिको बैठक सुरू भएको छ ।


ADVERTISEMENT


बैठक एमाले अध्यक्ष केपी शर्माक ओली निवास भक्तपुरस्थित बालकोटमा सुरू भएको हो । यसअघि एमाले र माओवादीको हार्इ कमान्डको बैठक बसेको थियो ।


ADVERTISEMENT

# # #


आजको बैठकमा वैचारिक र सांगठनिक कार्यदल बनाएर एकता प्रक्रिया अघि बढाउने तयारी छ ।

बैठकमा एमालेबाट अध्यक्ष ओलीसहित वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल उपाध्यक्ष वामदेव गौतम, महासचिव इश्वर पोखरेल, माओवादी केन्द्रको तर्फबाट पार्टी अध्यक्ष दाहालसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।