तुलसीपुर– उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तुलसीपुर पश्चिम नेपालको ‘हव’ बनाउनका लागि मुगुको रारासँग जोड्ने गुरुयोजना बनाएर अगाडि बढ्ने बताएका छन् ।


ADVERTISEMENT


आज तुलसीपुर नगर विकास समितिले जिल्लाबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित भएकाहरुलाई सम्मान गर्न आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नेता महराले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै उनले वाम गठबन्धको अब बन्ने सरकारले देशलाई विकास र समृद्धिमा लैजाने पनि बताए । उनले दाङ प्रदेश नं ५ को राजधानी बन्नेमा आफू विश्वस्त रहेको र यदि कदम कदाचित दाङलाई राजधानी बनाउनबाट रोके आफूहरु नागरिक सँगसँगै आन्दोलनमा जाने पनि चेतावनी दिए ।

सोही कार्यक्रममा दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हिराचन्द्र केसी, प्रदेश सभामा दाङ ३ को २ बाट निर्वाचित हुनुभएका उत्तरकुमार वलीले निर्वाचनका क्रममा आफूले जनतासँग गरेका वाचा पूरा गर्न सक्दो पहल गर्ने बताए ।

सो कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीलगायतकाले मन्तव्य दिएका थिए। कार्यक्रम तुलसीपुर नगर विकास मितिका अध्यक्ष यज्ञबहादुर केसीको अध्यक्षता र सञ्चालन रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए।