काठमाडौँ – नेपाली कांग्रेसका युवानेता एवं प्रखर वक्ता विश्वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त भएका छन् ।


ADVERTISEMENT


कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार शर्मालाई प्रवक्तामा नियुक्त गरेका उनको सचिवालयले जानकारी दिएको छ । संसदीय निर्वाचनमा कांग्रेसको पराजयपछि केही युवा नेताहरुले नेतृत्व परिवर्तनको माग राखेर महासमिति बैठक बोलाइरहेका बेला देउवाले शर्मालाई प्रवक्ता बनाएका हुन् । पार्टी प्रवक्ता नियुक्तिपछि शर्माले पार्टीलाई बदल्ने आफूले हरेक कोणबाट प्रयास गर्ने बताए ।


ADVERTISEMENT

# # #


हाईस्कुल पढ्दापढ्दै नेविसंघबाट शर्माले राजनीति सुरु गरेका थिए । उनी ८ कक्षा पढ्दापढ्दै झापास्थित धुलाबरी स्कुलको स्ववियू सभापति, ०४३ सालमा मेची बहुमुखी क्याम्पसका सभापति हुँदै नेपाल विद्यार्थी संघको महामन्त्री, अध्यक्ष हुँदै कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए ।