जाजरकोट– जुनीचाँदे–३ मा भाइरलका कारण थप एक जनाको मृत्यु भएकोे छ । यससहित भाइरलबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । यहाँ बालबालिका र वृद्धलाई भाइरलले निकै सताएको छ ।


ADVERTISEMENT


जुनीचाँदे गाउँपालिका–३ का ५८ वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कृष्णबहादुर खत्रीले जानकारी दिए । भण्डारी तीन दिनदेखि बिरामी थिए । अहिले गाउँपालिकाका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचारसमेत जारी राखिएको खत्रीले बताए ।


ADVERTISEMENT

# # #