काठमाडौं-राजधानीका अस्पताल वरिपरिकै फार्मेसीमा यस्ता अवैध औषधि छ्याप्छ्याप्ती पाइन्छन् । सुरक्षित गर्भपतनको कानुनी प्रावधानअनुसार यस्ता औषधिको कारोबार गर्नेले सुरक्षित गर्भपतन अंकित बोर्ड र प्रमाणपत्र देखिने गरी राख्नुपर्छ ।


ADVERTISEMENT


विशेषज्ञको सल्लाह र निगरानीमा मात्रै सेवा गर्न पाइने गर्भपतनको औषधि जथाभाबी विक्री वितरण भइरहेका छन् । शंखमूलको एक महिला नजिकैको फार्मेसीमा गर्भपतनको औषधि किन्न जाँदा सञ्चालकले उनलाई १२ थरीका औषधि देखाए ।


ADVERTISEMENT

# # #


सञ्चालकले रोजेर जुनसुकै औषधि प्रयोग गर्न सकिने सल्लाह दिए । उनले हचुवामा मिफिटीक नामक औषधि रोजेर पाँच दिनको औषधि किनिन् । जबकि, औषधि व्यवस्था विभागमा गर्भपतन गराउने चारथरी मेडावोन, एमपिटीकिट्स, मेरीप्रिस्ट, र प्रेग्नोकिट मात्रै दर्ता भएका छन् ।

बजारमा भने २० देखि २५ थरीका यस्ता औषधि किन्न पाइन्छ, जुन दर्ता नभएका अवैधानिक हुन् । यी औषधिको मूल्यमा पनि एकरुपता छैन । विक्रेताले मनपरी पैसा लिन्छन् ।-आजको कान्तिपुरबाट