काठमाडौँ– नेपाली सेनाको काम कर्तव्य र अधिकारबारे जानकारी दिने उदेश्यले गरिएको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


रक्षा सम्बद्ध संचारकर्मीहरुलाई नेपाली सेनाको सांगठनिक स्वरूप, कार्यसंचालन प्रकृया लगायतका बिषयमा जानकारी गराउने उद्देश्य रुपन्देही, बुटवलस्थित श्री मध्य पश्चिम पृतनामा संचालन भएको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।  उक्त कार्यक्रम मध्य पश्चिम पृतनापति उपरथी श्री याम प्रसाद ढकालले समापन गरेका थिए ।


ADVERTISEMENT

# # #


अभिमुखिकरण कार्यक्रममा सहभागीहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुका बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रिया सहितको जानकारीमूलक कार्यक्रम सञ्‍चालन गर्नुका साथै पाल्पा दरबार तथा ऐतिहासिक जितगढी किल्ला लगायतका इलाकाहरुको भ्रमण गराईएको उपरथी श्री ढकालले जानकारी दिए । उनका अनुसार समापन कार्यक्रममा नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।

सो अवसरमा उपरथी श्री ढकालले कार्यक्रममा सहभागी संचारकर्मीहरुलाई प्रमाण-पत्र वितरण गरेका थिए भने उनले कार्क्रममा सम्बोधन गर्दै यस किसिमको अन्तरक्रियात्मक कार्यक्रमले मिडियाकर्मीहरुलाई नेपाली सेना तथा रक्षा क्षेत्रका समाचार सम्प्रेषणमा सहजता एवं स्पष्टता मिल्ने विश्वास व्यक्त गरे ।

देशका विभिन्‍न भागमा कार्यरत सञ्‍चारकर्मीहरुलाई नेपाली सेनाको बारेमा जानकारी गराउने उद्देश्यले पृतनाहरुको समन्वयमा यस किसिमको कार्यक्रम आयोजना हुँदै आएको समेत उल्लेख गरिएकाे थियाे ।