काठमाडौँ— सबै प्रकारका जातीय भेदभावविरुद्ध उन्मुलन राष्ट्रिय दिवस आइतबार मुलुकभर जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । नेपालमा २०६८ साल २१ जेठदेखि जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउँदै आइएको छ ।


ADVERTISEMENT


दिवसको अवसमा शुभकामना सन्देश दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव मानव सभ्यताकै कलंक भएको बताएका छन् ।  शुभकामना सन्देशमार्फत उनले सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले समाजमा विद्यमान विभेदकारी पुरातन सोच, आर्थिक विषमता एवम् न्यून चेतनाका कारणले जातीय भेदभाव तथा छुवाछुत प्रथा अझै अन्त्य हुन नसकेको बताए ।

उनले विज्ञप्तिमा भनेका छन्,‘समाजमा विद्यमान विभेदकारी पुरातन सोच, आर्थिक विषमता एवम् न्यून चेतनाका कारणले जातीय भेदभाव तथा छुवाछुत प्रथा अझै पनि अन्त्य हुन सकिरहेको छैन । जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलंक हो ।

यो सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो । हाम्रो समाजबाट यस प्रथाको अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहन स्थानीय तह, प्रदेश तथा संघीय सरकार, सुरक्षा निकायका साथै राजनीतिक दल, नागरिक समाज, संघ संस्था र सञ्चारकर्मीहरूमा हार्दिक आह्वान गर्दछु ।’