काठमाडौं-सरकारले विभिन्न जिल्लाका ४६ गाउँपालिका र २ नगरपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने तयारी अघि बढाएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले ४८ स्थानीय तहको नाम परिवर्तन गर्नेछ ।


ADVERTISEMENT


स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिका र गाउँपालिकाहरुले सभाको बहुमतबाट केन्द्र र नाम परिवर्तनको निर्णय गरी त्यसको स्वीकृतिका लागि सरकारसमक्ष पठाउनुपर्ने प्रावधान छ ।


ADVERTISEMENT

# # #


समाचार अनुसार अब तनहुँको घिरिङ गाउँपालिकाको केन्द्र गजरकोटबाट पोखरीछापमा सारिने भएको छ । त्यसैगरी सुनसरी झोक्राहाको केन्द्र चिरौलीचोकमा सारिने भएको छ भने सल्यानको कुमाखमालिका गापाको केन्द्र रागेचौर त्रिवेणीको बीच भागमा र ढोरचौर गापाको केन्द्र ढोर चौरमा सारिने भएको छ ।

खोटाङ लामीडाँडा गापाको केन्द्र खार्पाबाट कुभिन्डेको हरमटारमा , जाजरकोटको त्रिवेणी केन्द्र खगनकोट मन्मैबाट नपाको ७ नं. दल्लीमा सर्ने भएको छ । मनाङको नेस्याङ गापाको केन्द्र नेस्याङ गापाको केन्द्र नेस्याङ ४ हुम्डेमा, रामेछाप लिखुको केन्द्र बिजुलीकोटबाट हालको वडा ३ र ५ को पूर्वी क्षेत्रमा सारिने छ ।

रसुवाको पार्वतीकुण्ड गापाको केन्द्र गोल्जुङबाट गोल्जुङबेसीमा, बाजुराको हिमाली गापाको केन्द्र बाधुबाट धुलीचौरमा, नुवाकोटको मेघाङ गाउँपालिकाको केन्द्र देउरालीबाट वडा ३ र ६ को बीचमा पर्ने मानेब्लेमा, म्याग्दीको रघुगंगाको केन्द्र पाखापानीबाट मौवाफाँटमा, काभ्रेपलाञ्चोकको चौरीदउरालीलाई ढाडखर्क भञ्ज्याङमा सारिने भएको छ ।