काठमाडौँ– निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले तलब तथा सेवा सुविधा माग गर्दै आन्दोलन सुरु गरेका छन् । उनिहरुले कार्यकारी निर्देशकले मनपरि ढङ्गले पदपुर्तिकोलागि विज्ञापन खोल्ने गरेको तथा कर्मचारी व्यवस्थापन गर्न असक्षम रहेको भन्दै आन्दोलन गरेका हुन् ।


ADVERTISEMENT


निजामती कर्मचारी अस्पताल कर्मचारी संघ, अखिल नेपाल प्रगतिशिल जनस्वास्थकर्मी महासंघ, डाक्टर एशोसियसन अफ सिभिल हस्पिटल र राष्ट्रिय स्वास्थ्यकर्मी श्रमिक संगठनको संयुक्त आन्दोलनमा अस्पतालका सबै कर्मचारी आन्दोलनमा छन् । उनिहरुले रिक्त दरवन्दीमा नयाँ ओ एण्ड एम गरेर मात्र विज्ञापन गर्न, लामो समयदेखि दैनिक ज्यालादारी र सेसनमा कार्यरत चिकित्सक तथा कार्मचारीलाई कार्यसम्पादनको आधारमा रोजगारीको सुनिश्चितता गर्न माग गरेका छन् । त्यस्तै उनीहरुले नयाँ नियुक्ति बन्द गर्न भनेका छन् ।


ADVERTISEMENT

# # #


उनिहरुले चिकित्सक र कर्मचारीहरुको स्थायीत्जको सुनिश्चित गर्न अदालतको फैसला कार्यान्वयन गर्न माग गरेका छन् । त्यस्तै कर्मचारीहरुको तहगत बढुवा गर्न माग राखेर आन्दोलन गरेका हुन् । आन्दोलनबाट सेवाग्राहीलाई कुनै असहजता नहोस् भनि उनिहरुले अस्पताल खुला रहेको उल्लेख गरेका छन् ।