मुखलाई आँ गरेर खोल्दा भित्रपट्टि घाँटीको माथिल्लो भागमा दायाँ–बायाँतर्फ देखिने डल्लो किसिमको दुइवटा अंग देखिन्छ । जसलार्ई नै चिकित्सा क्षेत्रअन्तर्गत लिम्फोइड ग्ल्यान्ड अथवा कलेक्सन भनिन्छ । अधिकांशले टन्सिल भनेर चिन्ने सो अंगमा विविध कारणवश् हुने संक्रमण नै ‘टन्सिलाइटिस’ हो ।


ADVERTISEMENT


व्यक्ति सानो हुँदा टन्सिलाइटिसको शुरुआतीको अवस्था हाम्रो शरीरको प्रतिरोध क्षमतासंग सम्बन्धित रहन्छ । तर, क्रमशः संक्रमणको आकार बढदै जाने क्रममा शरीरमा भएका अन्य अंगले प्रतिरोध क्षमताको काम थाल्छ र, टन्सिलको महत्व कम हुदैँ जान्छ ।


ADVERTISEMENT

# # #


अर्थात् व्यक्तिको जीवनकालमा उमेर बढ्दै जाँदा टन्सिलले विस्तारै प्रतिरोध क्षमताको काम गर्न छोड्दै जान्छ । यद्यपि टन्सिलले हावाको माध्यमबाट मुखभित्र फस्ने फोहोरलाई सोझै पेटमा जान नदिई त्यसलाई समात्ने र नष्ट गर्ने हुँदा टन्सिलमा संक्रमण

तर, टन्सिलको समस्या देखापरेको कुलमध्ये १० प्रतिशतमा भने सो समस्या दोहोरिएर देखापर्ने समस्या पनि हुन्छ ।

यसका कारणहरु

टन्सिलाईटिसले व्यक्तिलाई जाडोमा मात्रै नभई गर्मीयाममा पनि उत्तिकै सताउने गरेको पाइन्छ । यसका कारणलाई भाइरल र ब्याक्टेरियल दुई भागमा विभाजित गरिएको छ । जसमा भाइरसका कारण देखापरेको टन्सिलाईटिसको समस्यालार्ई भाइरल इन्फेक्शन पनि भनिन्छ । ६० प्रतिशत व्यक्तिहरुमा देखिने यस्ता समस्या वर्तमान समयमा अधिकांशलाई चिसो वायुमण्डल, पर्यावरणीय प्रदुषण वा फ्लु सिजनका कारण यो समस्याले सताउने गरेको पाइन्छ ।

यसरी भाइरल इन्फेक्शनको सिजनमा दुख्ने घाँटीको समस्या सामान्यतयाः ३ देखि ४ दिनपछि आफैँ हराएर जाने गर्छ । यसका लागि भने व्यक्तिले तातो पानीले गार्गल गर्दा मात्रै पनि निको भएर जान्छ ।

यस्तै, ब्याक्टेरियाका कारण उत्पन्न हुने टन्सिलाईको ब्याक्टेरियल इन्फेक्शन भनिन्छ । यसले ३०–४० प्रतिशत व्यक्तिलाई सताएको देखिन्छ ।

भाइरल इन्फेक्शनकै कारण देखापरेको टन्सिलाईटिसको समस्यामा कतिपयमा भने सेकेन्डरी इन्फेक्शन थपिएर अधिकांशमा गु्रप ए स्टेप्टोकेकसका कारण ब्याक्टेरियाले समेत असर पु¥याउँछ । जसमा व्यक्तिलाई हिृउमेटाइक फिभर(हाडजोर्नी, छाला एवम् मुटुलाई समेत असर गर्ने प्रकृतिको गम्भीर ज्वरो ।) समेत आउने हुन्छ । तसर्थ यस्तो केशमा भने सम्बन्धित चिकित्सकलाई नै देखाउनु उचित बुद्धिमानी रहन्छ ।

यसरी गरौँ टन्सिलाईटिसको पहिचान

हामीले के बुझ्नुपर्छ भने सामान्यतया घाँटी दुख्दैमा टन्सिलाइटिसको समस्या देखियो भनेर आत्तिनु अस्वभाविक हो । सो अवस्थामा हामीले कम्तिमा पनि ४/५ दिन तातो पानीले गार्गल गरेर हेर्नुपर्छ । तर, ४÷५ दिनसम्म दुखाई उस्तै रहिरहने र पिडाकै कारण खान वा थुक निल्न समेत गाहृो भएको छ र साथमा ज्वरो पनि देखिएको खण्डमा भने त्यस्तो बिरामीले ढिलो नगरी चिकित्सकको सल्लाह लिनुपर्दछ ।

भाइरल इन्फेशनका कारण हुने टन्सिलाइटिस बढिजसोः फ्लु सिजन र जाडोयाममा व्यक्तिमा घाँटी दुख्ने समस्या निम्तिन्छ । यसका साथै उक्त समयमा व्यक्तिमा निम्न समस्या समेत देखापर्दछ :

समस्यालाई थप बढावा दिने पक्षहरु

-न्युन प्रतिरोध क्षमता भएका वा संवेदनशिल समूह
-चिसो पर्यावरण
-दूषित हावा
-प्रदूषित वातावरण
-र, चिसोका खाना तथा पेय पदार्थको सेवन ।

कस्तो अवस्थामा चिकित्सकको सल्लाह लिने ?

सामान्यतयाः भाइरल इन्फेक्शनका कारण देखा परेको टन्सिलाइटिसका कारण घाँटी दुखेमा आत्तिई हाल्नु पर्दैन । यसका लागि मनतातो पानीले कुल्ला वा गार्गल गर्न सकिन्छ । यस्तै, शरीरको तापक्रम बढेको खण्डमा सिटामोलको प्रयोग पनि गर्न सकिन्छ, भने रुघाखोकीको सन्दर्भ सोहि समस्यासंग सम्बन्धित औषधि लिन सकिन्छ ।

त्यसैगरि, ब्याक्टेरियल इन्फेक्शनको सन्दर्भमा भने व्यक्तिलाई लामो समयसम्म दुखाई कम नहुने र पिडा झन् बढि हुन थालेको महशुस हुदैँ जान्छ । त्यस्तो अवस्थामा भने व्यक्तिले चिकित्सकसंग सम्पर्क राख्नु उचित रहन्छ ।