• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




आफैँ कैदमा रहेका चन्द्रशेखरको चाहना कैदीबन्दीलाई करोडौँ प्रदान गर्ने

Mar 23, 2023 |

आफैँ कैदमा रहेका चन्द्रशेखरको चाहना कैदीबन्दीलाई करोडौँ प्रदान गर्ने

864
SHARES
ShareTweet

एजेन्सी– आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् । ठगीको आरोपमा श्रीमतीसहित पक्राउ परेका सुकेश चन्द्रशेखरले बुधवार कारागार महानिर्देशकलाई पत्र लेखेर धरौटी रकम तीर्न नसक्ने कैदीलाई उक्त रकम प्रदान गर्न चाहेको उल्लेख गर्दै अनुमति मागेका छन् ।


ADVERTISEMENT


चन्द्रशेखरकाे पत्रमा भनिएको छ, ‘आफू नै बन्दी जीवन बिताइरहेको एक मानवका रुपमा म कारागारमा रहेका बन्दीको हितका निम्ति रु पाँच करोड ११ लाख प्रदान गर्न चाहन्छु । मेरो अनुरोध स्वीकार गर्न विनम्र अनुरोध गर्दछु । मेरो अनुरोध यही मार्च २५ सम्ममा स्वीकार गरियोस्, किनकि यो मेरो जन्मदिन हो । मेरो अनुरोध स्वीकार गरिएमा म ज्यादै हर्षित हुनेछु । र, प्राप्त स्वीकृति मेरा लागि सबैभन्दा राम्रो उपहार हुनेछ ।’


ADVERTISEMENT

# # #


परिवारको कुनै सदस्य जेल पर्दा उसका आश्रित वा अभिभावकले झेलेको पीडा, टुटेको पारिवारिक सम्बन्ध, प्रियजन जेल पर्दा तहसनहस भएका परिवार, आत्महत्यालगायत अति विषम परिस्थिति आफूले देखेको जनाउँदै पत्रमा चन्द्रशेखरले आफ्नो सानो प्रयास स्वीकार गर्न अनुरोध गरेका छन् । उनले उक्त रकम आफ्नो व्यक्तिगत एवम् वैधानिक आम्दानी भएको दाबी गर्दै आवश्यक परेमा आयस्रोतको प्रमाण पनि पेश गर्ने बताएका छन् ।

आफू र आफ्नो परिवारले सञ्चालन गरेका परोपकरी संस्था शारदा अम्मा फाउण्डेशन र चन्द्रशेखर क्यान्सर फाउण्डेशनमार्फत मानव कल्याणका कार्यक्रम सञ्चालन भएका, ती संस्थाले दक्षिण भारतका लाखौँ गरिबलाई भोजनको प्रबन्ध गरेको तथा हरेक महिना क्यान्सका बिरामीलाई निःशुल्क केमोथेरापी सेवा प्रदान गर्दै आएको पत्रमा उल्लेख गर्दै चन्द्रशेखरले जेलमा रहेका बन्दीले धरौटी रकम तिर्न नसक्दा थुनामा नै रहनु पर्ने भएकाले उनीहरूलाई जेल मुक्त गर्न रकम दान गर्ने आशय व्यक्त गरेका छन् ।

उनले केही समयअघि दिल्लीका जेल निरीक्षकसमक्ष पनि रकम प्रदान गर्ने अनुमतिका निम्ति आवेदन गरेको तर त्यसको जवाफ हालसम्म प्राप्त नभएको पत्रका उल्लेख गरेका छन् ।


#
#

#









#




#


#


Share:

Rate:

Previousचीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैनः अमेरिका
Nextसिभिल अस्पतालका कर्मचारी आन्दोलित (फाेटाेमा हेर्नुहाेस् )

ताजा खबर

  • ठिमीमा जेसुम यात्रास् संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
  • समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह
  • सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : अध्यक्ष यादव
  • गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु
  • सुन्धारामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved