काठमाडौं-माओवादी केन्द्रसँगको एकता प्रक्रिया, राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रसभा निर्वाचन अध्यादेश र प्रदेश सभातर्फ समानुपातिकको सांसद चयन गर्ने बिषयमा छलफल गर्न एमाले स्थायी कमिटि बैठक आज बस्दैछ ।


ADVERTISEMENT


बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउँसो १ बजे बस्ने बैठकमा नयाँ सरकार गठनका बिषयमा समेत छलफल हुने सचिव प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


नयाँ सरकार अघि नै एकता प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याउने बताएका दुबै दलले त्यसको खाका समेत तयार गर्ने तयारी गरेका छन् ।

स्थायी कमिटि बैठकपछि सम्भव भए आजै नभए भोली एकता संयोजन समितिको बैठक बसेर एकताको प्रक्रिया अघि बढाउने सचिव ज्ञवालिले जानकारी दिए ।

त्यस्तै आजको बैठकले पार्टीले प्रदेशसभातर्फ प्राप्त गरेको समानुपातिक सिट संख्यामा रहने सदस्य टुङ्गो लगाई आयोगमा पठाउने उनको भनाई रहेको छ ।

प्रदेशसभातर्फ समानुपातिकको अन्तिम सूची पठाउन आयोगले दलहरुलाई भोलीसम्मको समय दिएको छ ।