काठमाडौं-काठमाडौंमा बुधबार भएको सवारी दुर्घटनामा २७ वर्षीय कलाकार विना थापाको मृत्यु भएको छ । बुधबार बत्तीसपुतलीमा बा २ ख ८९४ नम्बरको पानी ट्याङ्करले बा ५५ प १३८७ नम्बरको स्कुटरमा सवार कलाकार थापालाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।


ADVERTISEMENT


दुर्घटनामा गम्भीर घाइते विनाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


गुल्मीको मुसिकोट गाउँपालिका–२ निवासी विना पछिल्लो समय राजधानीमा अभियनमा सक्रिय थिइन् । थिएटर म्युजिक भिडियोमा काम गरेकी विनाले रेखा थापाको रामप्यारीमा अभिनय गरेकी थिइन् ।

उनले अभिनय गरेको पिँजडा ब्याक अगेन प्रदर्शन हुन बाँकी नै छ । पिरतीको डोरी, दिन बित्योलगायत दर्जनौं गीतमा उनले मोडलिङ गरेकी छिन् ।