काठमाडौं-म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो अग्रतालाई बुधबार राति १५ अंक पुर्‍याएको छ । रहिम स्टर्लिङको निर्णायक गोल मदतले सिटीले न्युकासल युनाइटेडलाई १–० ले हरायो ।


ADVERTISEMENT


सिटीले लिगमा हात पारेको यो लगातार १८ औं जित हो र यससँगै पेप ग्वार्डिओलोको टिमले लिग उपाधि जित्ने लगभग तय जस्तै हुन थालेको छ । उसको २० खेलबाट ५८ अंक छ ।


ADVERTISEMENT

# # #


स्टर्लिङले ३१ औं मिनेटमा गोल गरे । अघिल्लो दिन दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड बर्नलीसँग बराबरी खेलेपछि छिमेकी सिटीलाई फाइदा पुगेको हो । सिटीले घर बाहिर प्राप्त गरेको यो कीर्तिमान ११ औं जित पनि हो ।

युरोपका प्रमुख पाँच लिगमध्ये बार्यन म्युनिखको नाममा लगातार १९ खेल जितेको कीर्तिमान छ । उसले यो प्रदर्शन ग्वार्डिओला प्रशिक्षक छँदै सन् २०१३–१४ को सिजनमा प्राप्त गरेको थियो ।

अब सिटीले अर्को खेलमा क्रिस्टिल प्यालेसको सामना गर्नेछ र त्यसमा यो कीर्तिमानको बराबरी गर्ने अवसर प्राप्त गर्नेछ । सिटी यो सिजन लिगमा अपराजित छ ।