काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावको नतिजाको समिक्षा गर्न र पार्टीको भावि रणनीति तय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।


ADVERTISEMENT


हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभामा नराम्रो धक्का बेहोरेको राप्रपाले यही पुस १९, २० र २१ गते काठमाडौँमा बस्ने गरी बैठक बोलाएको हो । आज पार्टी अध्यक्ष कमल थापको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले केन्द्रीय परिषदको बैठक फागुनको दोस्रो हप्ता वीरगंजमा गर्ने पनि निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै, बैठकले पृथ्वी नारायाण शाहको जन्म जयन्ति तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा नेपाल पुलिस क्लबमा चियापान कार्यक्रम आयोजना गर्ने पनि निर्णय गरेको पार्टी प्रवक्ता भुवन पाठकले जानकारी दिए ।