काठमाडौँ– मोरङ ६ का (क) का १ नम्बर प्रदेश सभा सांसद जीवन आचार्यविरुद्वको समाचार बाहिरिएपछि  मोरङवासीले आपत्ति जनाएका छन् । सांसद आचार्य आफ्नै क्षेत्रका जनताकै बीच रहेको भन्दै मोरङका जनताले उनलाई जनप्रिय नेताका रुपमा चित्रण गरेका छन् ।


ADVERTISEMENT


गरिब र निमुखाको आवाज संसदमा पुर्‍याउने लक्ष्यका साथ अघि बढेका उनको रगतमा विकास दौडिरहेको उनीहरु बताउँछन् ।


ADVERTISEMENT

# # #


चुनावपछि पद लिन र दिलाउन आतुर केन्द्रीय साँसद र प्रदेश सांसदको काठमाडौंमा दौडधुप चलिरहँदा मोरङ ६ (क) का साँसद आचार्य जनताको घरदैलो, मरिमराउ र वपकासका आगामी कार्यक्रम तय गर्न व्यस्त भएका हुन् ।

नेता आचार्य यतिबेला पुराना कम्युनिस्ट नेताहरूसँग आशिर्वाद लिन र सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्दै सल्लाहसुझाव लिने काम गरिरहेका छन् । गरिब र निमुखाको आवाज सँसदमा पुर्‍याउने लक्ष्यका साथ अघि बढेका उनको बास्तबमै रगतमा विकास दौडिएको महसुस भईरहेको मतदाताहरू बताउँछन् ।

पदप्राप्ति सांसद आचार्यको चाहना र ईच्छा नभएको बताईन्छ । जनता नै सर्र्वाेपरी भन्दै उनी खटिरहँदा जनप्रिय बनिरहेका छन् ।

पद लोलुपताको ब्यक्तिगत आरोपको जनताले नै खण्डन गरका छन् । साँसद आचार्यका विरुद्धमा आएका नियोजित मनगणन्ते कुरा समाचार बनेर आउँदा मोरङ ६ क का जनता र मोरङबासी अचम्मित बनेको बताइरहेका छन् ।